रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको छ ।
बुधबार बिहान तिब्बती क्षेत्रबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटको विदुर नगरपालिका-१ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ ।
बाढीको उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहन सरकारले अनुरोध समेत गरेको छ ।





